पछिल्लो समय नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) भित्र दुव्र्यवहारका घटना बढ्दै गएपछि व्यवस्थापनले जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको आचरणप्रति असन्तुष्टि जनाइसकेका छन् ।
निगमका प्रवक्ता रमेश पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै अबदेखि यस्ता घटना दोहोरिन नदिन सम्बन्धित कर्मचारीलाई सचेत गराएको बताए । अनुसन्धानबाट प्राप्त कारणहरू विश्लेषण गरी सुधारात्मक उपायहरू लागू गरिनेछ र गल्ती गर्नेहरूलाई दण्डित गरिनेछ ।”
पछिल्लो समय निगमले मलेसियाको क्वालालम्पुरमा उडान अनुमति समयमै नविकरण गर्न नसकेपछि चार्टर्ड उडानको सहारा लिनुपरेको थियो । तर, अहिले निगमले नियमित उडानका लागि अनुमति पाएको छ । यस सम्बन्धमा सञ्चालन विभाग र मलेसिया स्टेसनले कमजोरी देखाएको स्वीकार गर्दै निगमले सम्बन्धित अधिकारीलाई कारबाही गरेको जनाएको छ ।
निगमका अनुसार पाइलट बिरामी भएपछि काठमाडौं–दुबई उडान ११ घण्टा ढिलो भएको सम्बन्धमा सञ्चालन विभागका निर्देशकलाई स्पष्टीकरण दिन आग्रह गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम नमानेको भन्दै निगमका कार्यकारी अध्यक्षलाई पनि कारबाही गरिएको छ ।
मन्त्री किरातीले भने, “निगममा पछिल्लो समय बढेको अनियमितता र अन्य घटनाक्रमले मलाई दुःखी बनाएको छैन, तर समस्याप्रति थप जिम्मेवार र संवेदनशील हुन प्रेरित गरेको छ ।”


















प्रतिक्रिया दिनुहोस्