कपिलवस्तु जिल्ला अदालतले वैवाहिक बलात्कारको आरोपमा आफ्नै पूर्व न्यायाधीशविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
न्यायाधीश भुवन गिरी हालै अदालतबाट न्यायपरिषदमा सरुवा भएका छन् ।
यसअघि गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन् । डिपीओको आग्रहबमोजिम अदालतले वारेन्ट जारी गरेको अदालतका श्रेष्ठेदार सुमन पाण्डेले जानकारी दिए ।
यसैबीच उजुरीकर्तामाथि सरकारी कागजात किर्ते गरेको आरोप पनि लागेको छ ।


















प्रतिक्रिया दिनुहोस्