बुधबार साँझ विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको उडान नं ७१० को जहाज भित्रै दुई यात्रु झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । बिराटनगर देखि काठमाडौँ आउदै गरेको जहाजमा दुई यात्रु बीच झगडा हुनुमा रोचक संयोग रहेको पाइएको छ ।
अधिकारीका अनुसार दुई जना बीच जग्गाको कारोबारको विवाद रहेछ । उनीहरुमध्ये एक जनाले काठमाडौंमा जग्गा दिलाइदिने भनी बैना रकम लिएका रहेछन् । उनले भनेजस्तो जग्गा मिलाइदिन नसकेपछि विराटनगरमा जग्गा मिलाइदिने शर्तमा दुवै जना विराटनगर पुगेका थिए ।
तर, त्यहाँ समेत जग्गामा कुरा मिल्न नसकेपछि रकम दिने व्यक्तिले आफू काठमाडौं फिर्ता हुने भन्दै बुद्ध एयरको टिकट काटे । अर्का व्यक्ति भने आफू विराटनगर मै रहने बताएका थिए । तर उनले अर्को उडानमा टिकट काटेका रहेछन् ।
अनुसन्धानमा खटिएका अधिकारीका अनुसार बुधबार दुई उडानलाई एकै उडानमा मर्ज गरी काठमाडौं उडाइएको थियो । संयोगवश दुवै यात्रुको बस्ने सिट एउटै लाइन ‘९ए र ९बी’मा पर्न गयो ।
‘अघिसम्म काठमाडौं नजाने, विराटनगरमै रहने भनेका व्यक्तिलाई आफूसँगैको सिटमा देखेपछि झगडा सुरु भएको रहेछ,’ ती अधिकारीले भने, ‘फ्लाइट एटेन्डेन्सले सम्झाइ बुझाइ गरी अर्को सिट फरक फरक पारी राख्ने व्यवस्था गरेपछि झगडा शान्त भएको थियो ।’


















प्रतिक्रिया दिनुहोस्