वरिष्ठ पाइलट आरके शेरचन निलम्बित

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 12, 2023 12-Apr-2023, Wed
1 Min Read
Aa
nepal airlines

नेपाल एयरलाइन्सले तत्कालिन अपरेसन विभाग प्रमुख तथा वरिष्ठ पाइलट आरके शेरचनलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

अघिल्लो साता काठमाडौँ-दुबई उडानमा पाइलटले अन्तिम समयमा आफु विरामी भएको रिपोर्ट गरेपछि उडान ११ घण्टा डिले भएको कारण उनलाई निलम्बन गरिएको निगमले जनाएको छ ।

नेपाल वायुसेवा निगमका उच्च अधिकारी अनुसार उक्त घटनापछि छानबिन समिति गठन भएको थियो । सो समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई निलम्बन गरिएको स्रोतले जनाएको छ ।

यस घटनाको कारण वायुसेवाले दोस्रो पाइलटको जोहो गर्न नसक्दा निगमले यात्रुहरुलाई होटलमा राख्नु परेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja