वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले एक महिनाको अवधिमा १०४ अर्ब रेमिट्यान्स पठाएका छन् । र पछिल्लो ८ महिनामा ७९४.२२ अर्ब रेमिट्यान्स भित्रिएको स्रोतले बताएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार रेमिट्यान्स आप्रवाहमा यो २५.३ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको फाल्गुनसम्म मुलुकमा ७ खर्ब १४ अर्ब रुपैया रेमिट्यान्स आएको छ । अघिल्लो वर्षको सोहि अवधिमा रेमिट्यान्स आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा समेत रेमिट्यान्समा आप्रवाह १४.८ प्रतिशतले बढेको छ । स्रोतका अनुसार अहिले यो रकम ६ अर्ब ९ करोड पुगेको छ ।


















प्रतिक्रिया दिनुहोस्