काठमाडौँका मेयर बालेन शाहले काठमाडौँको पक्षमा काम गर्न वा शिंहदरबार अन्यत्र सार्न सरकारलाई आग्रह गरेका छन् ।
मेयर शाहले सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवासबाट फोहोर संकलन नगर्न निर्देशन दिए पछि शनिबार देखि यी स्थानबाट फोहोर उठाईएको छैन ।
बिहिबार सामाजिक संजाल मार्फत एक स्टाटस लेख्दै शाहले सिंहदरबार वा संघीय राजधानी सार्न काठमाडौँवासीलाई कुनै आपत्ति नभएको बताए ।
उनले लेखेका छन्: कि काठमाडौंको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।


















प्रतिक्रिया दिनुहोस्