नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवादेखि भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरसम्म सिधा उडान भर्ने भएको छ ।
भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट निगमले जेठ दोस्रो साता देखि दुवै गन्तव्यमा नियमित उडान गर्ने तैयारी गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुरको सिधा उडानको लागि प्रक्रिया सुरु भएको छ । त्यसका लागि दुवै देश संग उडान अनुमतिको आवश्यक प्रक्रिया आघि बढाइएको छ ।
जनशक्ति व्यवस्थापन, प्राविधिक तैयारी र बजारीकरणलाई तीव्रता दिएर काम थालिएको पौडेलले बताए ।


















प्रतिक्रिया दिनुहोस्