काठमाडौँको शान्तिवाटिकामा प्रहरी र मिटरब्याज पिडितबीच झडप भएको छ । झडपमा परि केहि मिटरब्याज पिडितहरु घाइते भए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
शान्तिवाटिकामा बसेर आन्दोलनमा उत्रिएका मिटरब्याज पिडितहरुले सोमबार शिंहदरबार आसपास प्रदर्शन गर्ने तैयारी गरेका थिए । त्यसैले बिहानै देखि प्रहरीले शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो ।
दिउसो ब्यानर बोकेर विरोध प्रदर्शन गर्न निस्किएका आन्दोलनकारीलाई प्रहरीले रोकेपछि झडप भएको हो । प्रहरीले पानीको फोहोरा र लाठी चार्ज समेत गरेको थियो ।
प्रतक्क्षदर्शीका अनुसार प्रहरीको लाठि प्रहारबाट ४ देखि ५ जना घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लीएको छ । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ । सरकारले बैशाख १ गते मिटरब्याज पिडितसंग पाच बुदे सहमति गरेको थियो ।
तर, सम्झौताले मिटरब्याज पिडितहरुको तत्काल समस्या समाधान नहुने भन्दै मिटरब्याज पिडितको अर्को समूह काठमाडौँमा आन्दोलनमा उत्रिएको छ ।


















प्रतिक्रिया दिनुहोस्