राष्ट्रिय स्वोतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका चालक दिलबहादुर थापा उर्फ शम्भु सोमबार बिहान चितवनमा भएको भवनको छतबाट खसेर घम्भिर घाइते भएका छन् ।
आगामी आइतबार हुने चितवन २को उपनिर्वाचनको लागि लामिछानेको प्रचारप्रसारको लागि थापा हाल चितवनमा छन् ।
सिन्धुपाल्चोक जिल्लाको बार्हबिसे नगरपालिका – ३ बस्ने ३९ वर्षीय थापा आज बिहान ४ बजे घरबाट लडेर भुइँमा लडेको अवस्थामा फेला परेको स्रोतले बताएको छ ।
जानकारी अनुसार थापाको टाउको र खुट्टामा घम्भिर चोट लागेको र उनको उपचार भरतपुर कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ ।
थापा र कालुराम राजवंशी, रास्व्पाका महासचिव मुकुल ढकालका चालक गए राति घरको छतमा सुतेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्