स्वर्णिम वाग्लेले विजयी भएपछि मतदातालाई दिए धन्यवाद

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 25, 2023 25-Apr-2023, Tue
1 Min Read
Aa
swarnim wagle

तनहुँमा राम्रो मतान्तरले विजयी भएपछि स्वर्णिम वाग्लेले मतदातालाई धन्यवाद दिएका छन् ।

उनले भने, यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।

देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja