राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन–२ बाट लगातार दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ ।
आइतबार भएको उपनिर्वाचनको अन्तिम नतिजा अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई ४५ हजार ११ मतान्तरले पराजित गरेका छन् ।
लामिछानेले ५४ हजार १७६ मत पाएका छन् भने श्रेष्ठले ११ हजार २ सय १४ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो भए ।
गत वर्ष भएको निर्वाचनमा कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १ सय ७० मतले पराजित गर्दै लामिछाने यस क्षेत्रबाट निर्वाचित भएका थिए ।
सर्वोच्च अदालतले लामिछानेले मंसिरमा उम्मेदवारको निर्वाचनमा उम्मेदवारी दिएको नागरिकताको प्रमाणपत्र बदर गरेको भन्दै रिक्त भएको प्रतिनिधिसभाको सिट पूरा गर्न उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।


















प्रतिक्रिया दिनुहोस्