पूर्वी नेपालको ताप्लेजुङ्ग जिल्लाको मैवाखोलामा बुधबार चट्याङ लागेर एक बालकको मृयु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मैवाखोला-४ तम्राङ निवासी ११ वर्षीय दोर्ची शेर्पा रहेको छ भने घाइते बालकका आमाबुवा रहेका छन् ।
उनीहरुलाई हिजो राती करिब ९ बजे तिर खाने खाने क्रममा चट्याङ लागेको थियो ।
गम्भीर घाइते तीनै जनालाई एम्बुलेन्समा जिल्ला अस्पताल पर्याए पनि त्यहाँ पुगेपछि चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । जानकारी अनुसार अभिभावकको उपचार भैरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्