नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले आज बिहान ७ः३९ बजे रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको छ ।
निगमको विमान (९एन–एबीटी) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) काठमाडौंबाट उडेर गुल्मीको रेसुंगा नगरपालिका–१० सिमिचौरमा रहेको रेसुंगा विमानस्थलमा अवतरण गरेको हो ।
निगम र नगरपालिकाबीच भएको सम्झौताअनुसार निगमले व्यावसायिक उडानका लागि आज परीक्षण उडान गरेको हो ।


















प्रतिक्रिया दिनुहोस्