काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्स काठमाडौंको बालाजुमा रहस्यमय अवस्थामा मृत फेला परेकी छन् ।
भरतपुर महानगरपालिका–१ निवासी २९ वर्षीया अनुमा श्रेष्ठ डा सुजन ढकालको कोठामा मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
ढकाल काठमाडौंको एक निजी अस्पतालमा कार्यरत छन् । श्रेष्ठको झुण्डिएको कोठाबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको छ । हाल थप अनुसन्धान भइरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्