मंगलबार काठमाडौँमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब अमिरेट्सलाई ७ विकेटले पराजित गर्दै एसियाकप २०२३ का लागि छनोट भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई पाहुना टोलीले दिएको ११८ रनको लक्क्ष, नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर लक्क्ष पुरा गरेको थियो । नेपालका लागि १७ वर्षीय गुलसन झाले अर्धसतकिय पारि खेलेका थिए ।
पाकिस्तानमा सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले भारत र पाकिस्तानसंग प्रतिस्पर्धा गर्ने छ । ६ टोलीको एसिया कपको अर्को समुहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।


















प्रतिक्रिया दिनुहोस्