रास्वपाको अध्यक्ष रवि लामिछानेका निजी चालकको उपचारको क्रममा निधन

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 2, 2023 02-May-2023, Tue
1 Min Read
Aa
दिल बहादुर थापा

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको उपचारका क्रममा मंगलबार निधन भएको छ ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ९ः३५ बजे ३९ वर्षीयको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का स्थानीयवासी थापाको गत वैशाख १ गते तीनतले घरको माथिल्लो तलाबाट खसेर टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो ।

उनलाई उपचारका लागि भरतपुर कलेज अफ मेडिकल साइन्सेज लगिएको थियो । थप उपचारका लागि थापालाई गत वैशाख ३ गते नेपाली सेनाको हेलिकप्टरबाट ललितपुर अस्पताल लगिएको थियो ।

चिकित्सकको सिफारिसमा थापालाई हेलिकप्टरबाट ललितपुर लगिएको लामिछानेले आफ्नो फेसबुकमार्फत जानकारी गराएका थिए । थापाका परिवारका सदस्यले पनि त्यसमा सहमति जनाएका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja