साढे ३ वर्षअघि बुढानिलकण्ठमा भएको कार दुर्घटनाका आरोपी पृथ्वीबहादुर मल्ललाई उच्च अदालत पाटनले दोषी ठहर गरेको छ ।
न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले मल्ललाई लापरबाही गरी सवारी चलाएको अभियोगमा दोषी ठहर गरेको हो । उच्च अदालत पाटनले अझै सजाय तोकेको छैन ।
तीन वर्षभन्दा बढी कैद भएमा सजाय तोक्न छुट्टै सुनुवाइ हुनुपर्ने कानुनी व्यवस्था छ । त्यसैले यस मुद्दामा अदालतले मल्ललाई कम्तीमा तीन वर्ष जेल सजाय तोकेको छ ।
तीन वर्षअघि बुढानीलकण्ठमा मर्निङ वाकमा निस्किएकी लीला देवकोटाको मदिरा सेवन गरेका पृथ्वीबहादुर मल्लले चलाएको गाडीको ठक्करबाट मृत्यु भएको थियो । यस मुद्दामा सरकारी वकिलले १० वर्ष कैद र एक लाख जरिवाना माग गरेका थिए ।
यसअघि जिल्ला अदालत काठमाडौंले मल्ललाई दोषी ठहर गर्दै ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सरकारी वकिलको कार्यालयले अपराधको गम्भीरतालाई ध्यानमा राखेर सजाय कम भएको भन्दै उच्च अदालतमा पुनरावेदन गरेको थियो ।
२०७६ बैशाख ३०मा घटेको घटनामा जिल्ला र उच्च अदालत पाटनले आरोपीलाई थुनामा राख्न आदेश दिएको थियो । तर सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासले मल्ललाई मानसिक समस्या रहेको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।


















प्रतिक्रिया दिनुहोस्