दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको छ । मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरी बल (एपीएफ)ले उद्धार गरेको छ भने पाँचजना सम्पर्कविहीन छन् ।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरीको कम्पनी नम्बर ५० का कमाण्डर प्रहरी नायब उपरीक्षक ईश्वरदत्त भट्टले बेपत्ता भएको ठाउँभन्दा करिब डेढ किलोमिटर तल हिउँमा तीन जनाको शव भेटिएको बताए ।
“शव फेला परेपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थलमा पुगेको थियो।” उनले भने, ‘शव फेला परे पनि पहिचान हुन सकेको छैन ।
मंगलबार दिउँसोदेखि नै सशस्त्र प्रहरी खोजी तथा उद्धार कार्यमा लागे पनि लगातारको हिमपात र वर्षाका कारण जनजीवन कष्टकर भएको थियो । ‘हिजो पनि राति ९ः३० बजेसम्म खोज्दै थियौँ ।
उनले भने, ‘आज पनि बिहानैदेखि टोली परिचालन गरिएको छ । उनका अनुसार उक्त क्षेत्रमा यार्सा सङ्कलन गर्नेहरू तारपालीमुनि बस्दै आएका थिए ।


















प्रतिक्रिया दिनुहोस्