सिम्रिक एयरको हेलिकप्टर आज संखुवासभामा दुर्घटना भएको छ ।
स्रोतका अनुसार जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेको हेलिकप्टर दुर्घटनामा परेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले हेलिकोप्टर बिहानैदेखि तुम्लिङटार विमानस्थलसँग सम्पर्कविहीन रहेको बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।


















प्रतिक्रिया दिनुहोस्