नर्वेजियन महिला आरोही क्रिस्टिन हरिलाले बुधबार बिहान चो ओयु हिमालको चुचुरोमा उभिएपछि ८,००० मिटरभन्दा माथिका सबै १४ चुचुराहरू पूरा गरिसकेका छन् ।
स्रोतका अनुसार धेरै छिटो आरोहणको रेकर्ड राख्ने क्रिस्टिन ८,००० मिटरभन्दा माथिका १४ चुचुरोमा सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही पनि बनेकी छन् ।
३७ वर्षीया आरोहीले अप्रिल २८, २०२२ मा विश्वको दशौं अग्लो शिखर अन्नपूर्ण हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्न सुरु गरेकी हुन् ।


















प्रतिक्रिया दिनुहोस्