पूर्व गृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 10, 2023 10-May-2023, Wed
1 Min Read
Aa
bal krishna khad

नक्कली भुटानी शरणार्थी घोटालामा संलग्न भएको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण काठमाडौंबाट पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नक्कली भुटानी शरणार्थी घोटालामा संलग्न भएको आरोपमा खाँडलाई आज बिहान पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडौंले खाँडलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यसअघि प्रहरीले तत्काल पक्राउ पुर्जी जारी गरी बुधबार बिहान खाँडलाई पक्राउ गरेको थियो । उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि आजै पक्राउ गरिएको छ । पक्राउपछि खाँडलाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja