बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सले १८ वर्षपछि सिजनको अन्त्यमा बार्सिलोना छाड्ने पुष्टि गरेका छन् ।
३४ वर्षीय पूर्व स्पेनी मिडफिल्डरले बार्सिलोनाका लागि ७१८ खेल खेलेका छन्, जुन क्लबको इतिहासमा तेस्रो सबैभन्दा धेरै हो ।
उनले क्लबबाट जितेका सम्मानको सूचीमा आठ ला लिगा उपाधि, सात कोपा डेल रे, सात स्पेनिस सुपर कप र तीन च्याम्पियन्स लिगहरू समावेश छन् ।
बुस्केट्सले भने, “यद्यपि यो एक सजिलो निर्णय भएको छैन, मलाई लाग्छकी समय आएको छ, यो एक अविस्मरणीय यात्रा भएको छ ।”
उनले थपे । “मैले सधैं यो शर्ट र यो स्टेडियममा खेल्ने सपना देखेको थिएँ, वास्तविकताले मेरो सबै सपनाहरू पार गरेको छ ।”
“यो एक सम्मान, सपना, गर्वको स्रोत भएको छ, र यसको अर्थ धेरै वर्षसम्म यो ब्याजको रक्षा र प्रतिनिधित्व गर्नु हो । “तर सबै कुराको सुरुवात र अन्त्य हुन्छ । म पहिलो दिनदेखि अन्तिमसम्म यो सम्भव गराउने सबै मानिसहरूलाई धन्यवाद दिन चाहन्छु ।”
बुस्केट्स २००५ मा युवा खेलाडीको रूपमा क्लबमा सामेल भएका थिए र रेसिङ सान्टान्डर विरुद्ध २००८ लीग खेलमा पेप गार्डियोलाको नेतृत्वमा आफ्नो पहिलो टिम डेब्यु गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्