पर्सा बस दुर्घटनामा ३१ जना घाइते

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 15, 2023 15-May-2023, Mon
1 Min Read
Aa
parsa bus accident

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्सा बजारमा भएको सवारी दुर्घटनामा ३१ यात्रु घाइते भएका छन् ।

कलैयाबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस रजिष्ट्रेसन चालकले नियन्त्रण गुमाएपछि गए राति दुर्घटना भएको हो ।

दुर्घटना खैरहनी नगरपालिका–८ पर्सा बजारमा भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । चालकले नियन्त्रण गुमाएपछि बस सडक छेउमा पल्टिएको थियो ।

घाइते सबैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको स्वास्थ्य अवस्था गम्भीर रहेको र अन्य १४ जना सामान्य घाइते भएका छन् । अन्य १६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja