मेलम्ची खानेपानी आयोजनाले सोमबारदेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण बन्द गरेको जनाएको छ । दुई सातापछि आपूर्ति सुचारु हुने आयोजनाले जनाएको छ ।
खानेपानीको उद्गमस्थलमा आवश्यक मर्मतका लागि आपूर्ति व्यवस्था बन्द गरिएको आयोजनाले जनाएको छ ।
त्यो पूरा भएपछि आयोजनाले बाढीको समयमा पनि आपूर्ति जारी राख्न सक्ने आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए ।


















प्रतिक्रिया दिनुहोस्