नक्कली भुटानी शरणार्थी घोटालामा संलग्न रहेको आरोपमा गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको टोलीले बिहीबार सिंहदरबार परिसरबाट पक्राउ गरेको हो । यसअघि नेपाल प्रहरीका अनुसन्धानकर्ताले उक्त प्रकरणमा पक्राउ परेका बिचौलियाले घोटाला गर्न मियाँको गाडी प्रयोग गरेको पत्ता लगाएका थिए ।
स्रोतका अनुसार खुलासा भएपछि उनी आफ्नो फोन स्वीच अफ गरेर काम गरिरहेका थिए ।
जानकारी अनुसार गृहमन्त्रालयको सचिवालय प्रहरीको निगरानीमा रहने भएकाले मियाँ ऊर्जा मन्त्रालयबाट हज कमिटी सचिवालयमा कार्यरत रहेको बताइएको छ ।


















प्रतिक्रिया दिनुहोस्