नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा उडानको घोषणा गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 19, 2023 19-May-2023, Fri
1 Min Read
Aa
नेपाल एयरलाइन्स

नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरदेखि भैरहवास्थितस्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा असर १२ गतेदेखि उडान भर्ने घोषणा गरेको छ ।

राष्ट्रिय ध्वजावाहकले क्वालालम्पुरबाट भैरहवासम्मको एकतर्फी भाडा रु १२ हजार ७०० लाग्ने जनाएको छ । क्वालालम्पुर-भैरहवा-काठमाडौंको टिकट प्रतिव्यक्ति १४ हजार ७२० रुपैयाँ तोकिएको छ ।

उडानका लागि टिकट बुकिङ खुलेको छ । नेपाल एयरलाइन्सले सुरुमा हप्तामा एक उडान र मागका आधारमा उडान संख्या बढाउने योजना बनाएको छ ।

यात्रुको सहजताका लागि भविष्यमा जोहरबाहरुदेखि क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म शटल बस सेवा सञ्चालन गर्ने योजना रहेको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्न ट्राभल प्याकेज पनि ल्याएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja