हिजो बिहान ९:३० बजे जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको उडान शनिबार एक यात्रुले विमानमा मुसा देखेपछि अवरुद्ध भएको थियो । सोहि कारणले बुद्ध एयरले सामाजिक संजाल मार्फत यात्रुवर्गलाई अनुरोध गरेको छ ।
बुद्ध एयरको सामाजिक संजाल पोस्टमा यस्तो लेखिएको छ, “हिजो जनकपुरमा मुसा देखिएपछि, रोकिएका जहाज आज विहान ट्रयापमा मुसा भेट्टिएको तथा जहाजलाई सम्पूर्ण चेकजाँच गरि २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको थियो ।
आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ । जहाजलाई थप निरीक्षण गरि आज दिउँसोबाट पुनः व्यवसायिक उडान थालिनेछ । यात्रुवर्गलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरि ल्याउन हुन बुध्द एयर हार्दिक अनुरोध गर्दछ ।”


















प्रतिक्रिया दिनुहोस्