बाराको कावाहिगोठस्थित सुवर्ण नगरपालिकाको कार्यालयमा आज केही विद्यार्थीले तोडफोड गरेका छन् ।
सुवर्ण नगरपालिका–४ हरदियास्थित नेपाल राष्ट्रिय माविका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक राम एकबल साहलाई हरदियाबाट नेरा मावि देवापुरमा सरुवा गरेको विरोधमा तोडफोड गरिएको प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरु नगरपालिकाको कार्यालयमा पसेर टेबुल, कुर्सी, झ्याल लगायतका फर्निचरमा तोडफोड गरेको उनले बताए ।
विद्यार्थी र तोडफोडले नगरपालिका कार्यालयमा आक्रमण गर्दा डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेसहित एक दर्जन सुरक्षाकर्मी घाइते भएको एसपी बोगटीले जानकारी दिए ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको उनले बताए । एसपी बोगटीका अनुसार तोडफोडमा सहभागी धेरै विद्यार्थी घाइते भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्