अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जिम्बावेमा जुन र जुलाईमा हुने विश्वकप छनोटको ड्र र तालिका सार्वजनिक गरेको छ ।
ड्र अनुसार नेपाल समूह ‘ए’ मा वेष्ट इन्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स र अमेरिकासँग राखिएको छ । समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् ।
नेपालले आफ्नो पहिलो खेल जुन १८ मा जिम्बावेसँग खेल्नेछ । प्रत्येक समूहका उत्कृष्ट तीन टोलीले छनोटको अर्को चरण सुपर सिक्समा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोली अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकप २०२३ मा छनोट हुनेछन् ।
नेपालले आईसीसी विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा केही खेल खेल्ने तयारी गरिरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्