मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ : लामिछाने

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 25, 2023 25-May-2023, Thu
1 Min Read
Aa
रबि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूमाथि अर्को मुद्दा परेपछि आफू ‘रिसाएको’ प्रतिक्रिया दिएका छन् ।

लामिछानेविरुद्ध बुधबार सर्वोच्च अदालतमा अर्को मुद्दा दायर भएको छ । युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गर्दै बुधबार रिट दायर गरेका थिए ।

त्यसको जवाफ दिँदै उनले अमेरिकी राहदानीको सक्कली प्रतिलिपि आफूसँग रहेकोले जेठ २३ गते अदालतमा बुझाएको बताए ।

यसअघिको मुद्दामा लामिछानेलाई अमेरिकी नागरिकता त्यागेको प्रमाणपत्र पेश गर्न आदेश दिएको थियो ।

लामिछानेले सर्वोच्च अदालतको माघ २७ गतेको फैसलाले मुद्दा नं. २२, २८ र ३२ मा उनले अमेरिकी नागरिकता त्याग गरिसकेको उनले बताएकाछन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja