यातायात व्यवसाहिको विरोधका बीच बागमती प्रदेश सरकारले तिन हजार भन्दा बढी पुराना सवारी साधन हटाउने तैयारी गरेको छ ।
प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले जेठ ७ गते जारि गरेको सुचनामा अनुसार असार १० गते देखि उता ३० वर्ष भन्दा पुरानो विद्युतीय सवारी साधन र २० वर्ष भन्दा पुरानो अन्य सवारी साधन संचालनमा प्रतिबन्ध लगाइएको छ ।
यस्ता सवारी साधनलाई प्रादेशिक सवारी तथा यातायात व्यवस्था ऐनको दफा १९(४) बमोजिम खारेज गर्नु पर्ने सुचनामा उल्लेख छ ।
सुचना पछि यातायात व्यवसायी र मजदुरले करिब तिन हजार सार्वजनिक सवारी साधनलाई निर्णयबाट प्रभावित हुने भन्दै विरोध कार्यक्रम सुरु गरेका छन् । यसले दश अर्बको घाटा बेहोर्नुका साथै हजारौं मानिस बेरोजगार हुने छन् ।
उनीहरुले यो निर्णय व्यवहारिक नभएको भन्दै यो निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । करिब ५ वर्ष अघि संघीय सरकारले यस्तै निर्णय गरेपनि कार्यान्वयन हुन भने सकेको छैन ।


















प्रतिक्रिया दिनुहोस्