रौतहटमा ७० वर्षीय वृद्धको गोलि हानी हत्या भएको छ । मृत्यु हुनेमा देवाही गोनाही नगरपालिकाका कारुनियाका शेख तैब रहेका छन् ।
तैबको शव बिहान घरबाट करिब एककिलोमिटर टाढा फेला परेको थियो । स्रोतका अनुसार उनि मध्य रातसम्म घरमै थिए ।
उनको टाउकोमा गोलि हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ ।
रौतहटमा पछिल्लो समय हत्याको घटना बढेका छन् ।


















प्रतिक्रिया दिनुहोस्