विराटनगरमा सुरक्षा व्यवस्था कडा : २७ प्रदर्शनकारी पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 28, 2023 28-May-2023, Sun
1 Min Read
Aa
जिल्ला प्रहरी कार्यालय मोरङ

कोशी प्रदेशको नामकरणको विरोध गर्ने २७ जनालाई प्रहरीले पक्राउ गरेको छ । किराँत राई यायोख्या (राई जनताको सामाजिक संस्था) का अध्यक्ष जीवन हतेसु राई, उपदक्क्ष दिवान राई, भिम राई लगायत अदोलनकारी पक्राउ परेका छन् ।

निषेधाज्ञा उल्लंगन गर्ने २७ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रंजनकुमार दाहालले जानकारी दिए ।कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुदैछ ।

प्रदेश सभाको अधिवेशन शुरु भएलगत्तै प्रदेशको नाम परिवर्तनको विरोधमा उत्रिएको प्रदेश १ को नामाकरण संयुक्त संघर्ष समितिले विराटनगरमा विरोध कार्यक्रम घोषणा गरेको छ ।

विराटनगरका विभिन्न स्थानमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । फागुन १ गते प्रदेशको नाम परिवर्तन गरी कोशी राखेपछि प्रदेशसभाको अधिवेशन सुरु हुन नसकेपछि स्थगित भएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja