चालू आर्थिक वर्षको पहिलो नौ महिनामा सुनसरीमा १२ हजारभन्दा बढी नागरिकताको प्रमाणपत्र जारी

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 28, 2023 28-May-2023, Sun
1 Min Read
Aa
नागरिकता

जिल्ला प्रशासन कार्यालय सुनसरीले चालू आर्थिक वर्षको नौ महिनामा १२ हजार १७७ नयाँ नागरिकताको प्रमाणपत्र जारी गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

त्यस्तै, चालु आर्थिक वर्षको सोही अवधिमा कुल ११ हजार ३ सय ३९ थान नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी गरिएको छ । त्यस्तै, समीक्षा अवधिमा प्रशासनले ११ हजार ३०९ राहदानी प्रति उपलब्ध गराएको छ ।

यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट कूल २० लाख रुपैयाँ राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । प्रशासनले बजार, सार्वजनिक निकाय र सुरक्षा निकायको पनि अनुगमन गरेको सिडिओ पाण्डेले बताए ।

तर, चालु आर्थिक वर्षमा अहिलेसम्म विकास आयोजनाको अनुगमन हुन सकेको छैन । जिल्लामा ११२ नयाँ संस्था दर्ता भएका छन् भने अन्य ४२६ संस्थाले नवीकरणको प्रमाणपत्र लिएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja