पोखराको हेम्जाको सुन्दरपुरी चोकमा आइतबार राति एसयूभीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बाग्लुङबाट पोखरा जाँदै गरेको लु ३ च ५१२ नम्बरको एसयुभीले ठक्कर दिँदा ३० वर्षका एक पुरुषको मृत्यु भएको पोखरा प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न बाँकी छ ।
घाइते युवकलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकोमा राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । एसयूभीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


















प्रतिक्रिया दिनुहोस्