चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा करिब ९५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको छ ।
अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको फागुनसम्म ५ प्रतिशत जनता मात्रै विद्युत् पहुँचविहीन छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा ९४ प्रतिशत जनसङ्ख्यासम्म विद्युतको पहुँच पुर्याएका थिए ।
आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा प्रतिव्यक्ति खपत ३२५ किलोवाट घण्टाबाट बढेर ३५१ किलोवाट घण्टा पुगेको छ ।
२०२३ को असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विद्युत उत्पादन २१.७ प्रतिशतले बढेर २६६६ मेगावाट पुगेको छ । जुन २०२३ को अन्त्य सम्मको अवधिमा, कुल जडान क्षमता २१९० थियो ।
जलविद्युत् आयोजनाबाट २ हजार ४ सय ४९ मेगावाट, वैकल्पिक ऊर्जाबाट ८२ मेगावाट र चिनी मिलबाट ६ मेगावाट विद्युत् उत्पादन भएको छ ।


















प्रतिक्रिया दिनुहोस्