भारतको औपचारिक भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
दुई देशका प्रधानमन्त्रीहरु अहिले नयाँ दिल्लीको हैदरावाद हाउसमा वार्ता गरिरहेका छन् । द्विपक्षीय वार्ता पछि दुवै प्रधानमन्त्रिले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस अघि प्रधानमन्त्री दाहालले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए । सो अवसरमा उनले महात्मा गान्धीको सम्झनामा एक मिनेट मौनधारण समेत गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्