काठमाडौं महानगरपालिकाले नियमबमोजिम विद्यार्थीलाई छात्रवृत्ति नदिने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ ।
महानगरले गत जेठ १० गते सबै विद्यालयलाई १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र विवरण आ–आफ्नो वेबसाइटमा प्रकाशित गर्न भनेको थियो ।
महानगरले विद्यालयलाई असार ११ सम्ममा छात्रवृत्तिको विवरण सार्वजनिक गर्ने नयाँ म्याद असार ११ गते तोकेको छ ।
महानगरले छात्रवृत्ति विवरण प्रकाशित नगर्ने विद्यालयको नामावली प्रकाशित गर्दै आदेश अटेर गर्ने विद्यालयको अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।
महानगरले मंगलबार एक सूचना जारी गर्दै छात्रवृत्ति विवरण नदिने विद्यालयलाई कानुनी कारबाही गर्ने जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्