नकल्ली भुटानी शरणार्थीको मुद्दामा आजदेखि प्रतिवादी पक्षको बहस सुरु हुदैछ । मंगलबार सरकारी वकिलको वहससुरु भएपछि आजबाट प्रतिवादि पक्षका वकिलको बहस सुरु सुरु हुनेछ ।
अभियुक्त पक्षका वकिलहरूले बहस गर्न ६ दिनको समय पाउनेछन् । उक्त बहसका लागि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका वर्तमान अध्यक्ष र पूर्वअध्यक्षहरुको नाम मनोनयन गरिएको छ ।
प्रतिवादीको तर्फबाट नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, खम्मबहादुर खाती, रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसीलगायतले बहस गर्नेछन् ।
जिल्ला अदालत काठमाडौंमा हिरासतमा सुनुवाइपछि अभियुक्तलाई थुनामा राखी कारबाही गर्ने वा धरौटीमा रिहा गर्ने आदेश हुनेछ ।


















प्रतिक्रिया दिनुहोस्