सडक विभागले आगामी तीन महिना (असार देखि भदौ मसान्तसम्म) विशेषगरी काठमाडौंका सडक खन्ने अनुमति नदिने जनाएको छ ।
विभागका अनुसार वर्षाको तीन महिनामा कुनै पनि सरकारी निकाय वा निजी संस्थाले आफ्नो मातहतमा रहेका सडक खन्न नपाउने भएका छन् ।
विज्ञप्तिमा विभागले बर्खामा खानेपानीको पाइप बिच्छ्याउने, ढल व्यवस्थापन, बिजुली तथा टेलिफोनको लाइन राख्ने नाममा सडक खन्ने काम नगर्न सबै सरकारी निकायलाई आग्रह गरेको छ ।
सडकलाई तत्काल मर्मत गरी पुरानै अवस्थामा पुर्नस्थापना गर्न नसक्दा सडक थप बिग्रँदै गएको भन्दै यसले सडक निर्माणमा ब्यान्ड लगाएको हो । भदौ पछि सबै विकास कार्य सम्पन्न गरिने सूचनामा उल्लेख छ ।
यस अवधिमा सडक खन्ने जो कोहीलाई कारबाही गरिने विभागले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्