त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानमा धुम्रपान गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
स्रोतका अनुसार उक्त व्यक्ति बुधबार साँझ ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको विमानमा चुरोट सेवन गरेको आरोपमा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा झापाका २८ वर्षीय सुवास पुरी रहेका छन् । उनी कोरियन एयर केई ६९५ मार्फत नेपाल आएका हुन् ।
जानकारी अनुसार प्रहरीले विमानमा धुम्रपान गरेको जानकारी प्राप्त गरेको थियो । एयरलाइन्सका अधिकारीले पत्र दिएर कारबाही गर्न आग्रह गरेपछि पक्राउ गरिएको स्रोतले बताएको छ ।
पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कार्यालयमा पठाइएको छ ।


















प्रतिक्रिया दिनुहोस्