साफ च्याम्पियनसिप २०२३: प्रशिक्षकले टुर्नामेन्टका लागि अन्तिम टोली घोषणा गरे

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 9, 2023 09-Jun-2023, Fri
1 Min Read
Aa
nepal football team

एन्फाले साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीमा सहभागी हुने खेलाडीको अन्तिम नाम सार्वजनिक गरेको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेका छन् । उनले मे ३० मा ३० सदस्यीय प्रारम्भिक टोली छनोट गरेका छन् ।

गोलकिपरहरू : किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ ।

डिफेन्डरहरू : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा ।

मिडफिल्डरहरू : पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु र आवास लामिछाने ।

फरवार्डहरु : आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja