काठमाडौं महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 9, 2023 09-Jun-2023, Fri
1 Min Read
Aa
काठमाडौँ महानगर

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

महानागरले आगामी वर्षदेखि ३२ वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र ८९ वटै सामुदायिक विद्यालयमा नर्सिङ सेवा एउटै केन्द्रबाट उपलब्ध गराउने तयारी गरेको छ ।

महानगरपालिकाले धेरै विद्यार्थी संख्या भएका विद्यालयमा “एक विद्यालय एक नर्स” कार्यक्रम सञ्चालन गर्ने र थोरै विद्यार्थी भएका सामुदायिक विद्यालयमा वडामार्फत सेवा दिने तयारी गरिरहेको स्रोतले बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja