६ किलो चरेससहित जर्मन नागरिक पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 12, 2023 12-Jun-2023, Mon
1 Min Read
Aa
crime

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान ६ किलोभन्दा बढी चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन् ।

स्रोतका अनुसार प्रहरीले ६३ वर्षीय पल रिस्टलाई विमानस्थलबाट पक्राउ गरेको हो । उनी टर्किस एयरलाइन्सको विमानबाट स्टटगार्ट जाँदै थिए ।

जानकारी अनुसार रिस्टले आफ्नो सुटकेसमा कार्बन पेपरमा बेरेर ड्रग लुकाएका थिए भने विमानस्थल प्रहरीले गरेको नियमित अनुगमनका क्रममा अवैध लागुऔषध फेला परेको हो ।

प्रहरीले बरामद चरेस र रिस्टलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोलाई बुझाएको छ । थप अनुसन्धान जारी छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja