भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले मंगलबारदेखि अन्तराष्ट्रिय उडान भर्ने भएको छ ।
जानकारी अनुसार नेपाल एयरलाइन्सले साताको एक दिन काठमाडौँ-मलेसिया-भैरहवा-काठमाडौँ रुटमा उडान गर्ने भएको छ ।
जानकारी अनुसार नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज मंगलबार बिहान भैरहवा विमानस्थालमा अवतरण हुनेछ ।
जहाज भैरहवामा अवतरण गरि काठमाडौँ फर्किनेछ र त्यसपछि नेपाल वायुसेवा निगमको नियमित उडान हुनेछ ।
नेपाल एयरलाइन्सले दिल्ली-भैरहवा पनि उडान भर्ने तैयारी सुरु गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्