पूर्वी नेपालमा मनसुन आइपुगेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 14, 2023 14-Jun-2023, Wed
1 Min Read
Aa
पानि पर्दै

सामान्य मितिभन्दा आठ दिन अगाडि आइतबार पूर्वी नेपालबाट मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार दिउँसो जारी गरेको विशेष बुलेटिनमा यस वर्षको मनसुन प्रणाली आज प्रदेश १ मा प्रवेश गरेको छ । औसत मितिभन्दा अघि नै मनसुन देशमा आइसकेको छ । देशका बाँकी भागमा भने मनसुन आउन अझै केही दिन लाग्ने छ ।

सामान्यतया मनसुनको बादल देशभर फैलिन एक साता लाग्ने भए पनि यस वर्ष मनसुन चाँडो आउनका लागि धेरै घटना भएको मौसमविद् बताउँछन् ।

‘बङ्गालको खाडीबाट नेपालमा प्रवेश गरेको मनसुन बादलले प्रदेश १ का अधिकांश जिल्लामा वर्षा भएको छ,’ मौसमविद् प्रजिना शाक्यले बताइन् । मधेस प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja