आजदेखि उपत्यकाबाट बाहिरिने सबै सार्वजनिक सवारीसाधनलाई नयाँ बसपार्कबाट मात्रै छुट्ने अनुमति

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 16, 2023 16-Jun-2023, Fri
1 Min Read
Aa
naya buspark

आजदेखि लागू हुने गरी काठमाडौं उपत्यका बाहिर जाने सबै सार्वजनिक यातायातका सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्ने छन् ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक सवारीलाई काठमाडौंभित्र व्यवस्थित गर्न गोङ्बुस्थित नयाँ बसपार्कबाट आजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था गरेको छ ।

काठमाडौं महानगरपालिकाभित्रदेखि उपत्यका बाहिरसम्म लामो, मध्यम र छोटो दुरीका सार्वजनिक सवारीसाधनलाई नयाँ बसपार्क गोङ्बुबाट मात्र चलाउन महानगरपालिकाले सवारी चालकलाई निर्देशन दिएको छ ।

महानगरपालिकाले भनेको छ, ‘निर्णयलाई कार्यान्वयन गर्दै स्थिति सुधार गर्न आगामी असार १६ गतेदेखि नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाएर नयाँ बसपार्कबाट मात्रै सार्वजनिक सवारीसाधन चलाउने भएको छ । धुलिखेल, बनेपा, साँखु लगायतका सडक अनुमति प्राप्त लामो दुरीका सवारी साधनलाई कलंकीदेखि जडिबुटी सम्म रोक लगाउन निषेध गरिएको छ ।

महानगरले निर्णय उल्लंघन गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । यो निर्णय कार्यान्वयनसँगै अब काठमाडौं उपत्यकाभित्रबाट नयाँ बसपार्कदेखि बाहिरका गन्तव्यमा करिब २ हजार सार्वजनिक माइक्रोबस र जिप चल्ने छन् । राति सवारीसाधन जहाँ पार्किङ गरेपनि यात्रु चढाउन अब नयाँ बसपार्क पुग्नुपर्ने बाध्यता छ ।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधन मात्र चल्ने गरेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja