नेपाल र गणतन्त्र क्यामरुनबीच बिहीबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका देशको संख्या १८० पुगेको छ ।
बिहीबार दिउँसो संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि क्यामरुन गणतन्त्रका राजदूत तथा स्थायी प्रतिनिधि मिचेल टोमो मोन्थेले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा यससम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।
दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्