पोखरामा आजदेखि दुईदिने नेपाल–चीन मैत्री ड्र्यागन बोट रेस फेस्टिभल सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त पहलमा डुङ्गा दौड हुन लागेको हो ।
जानकारी अनुसार दुई देशबीचको सांस्कृतिक र जनताबीचको सम्बन्धलाई सुदृढ गर्दै चिनियाँ पर्यटकलाई नेपालमा आकर्षित गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा दुई सय र ५ सय मिटरको आठवटा डुङ्गा दौडमा नेपाल र चीनबाट जम्मा १२० जनाको सहभागिता रहेको छ ।
चिनियाँ अधिकारीहरूले विजेताहरूलाई तीस लाख नगद पुरस्कार घोषणा गरेका छन्। प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी बुधबार पोखरा आइपुगेका छन् ।


















प्रतिक्रिया दिनुहोस्