काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना गरेको भन्दै मेयर बलेन शाहलाई कारबाही गर्न माग गर्दै निवेदन दिएकी छन् ।
शाहले असार २२ मा भारतीय चलचित्र प्रदर्शन गर्न महानगरलाई दिएको पाटन उच्च अदालतको आदेशलाई आफूले नमान्ने बताए । राष्ट्रिय हित विपरीत भएकाले आफूले नमान्ने शाहले बताए ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले निवेदनमा कारबाही गर्न आवश्यक देखेमा मुद्दा दायर गरिनेछ ।


















प्रतिक्रिया दिनुहोस्